नेकपा एमालेकी सांसद तथा नेतृ रामकुमारी झाँक्रिले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तालाई लक्षित गर्दै ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै भइरहेको बताएकी छिन्।
‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ,’ उनले लेखेकी छिन्, ‘ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन।’
उनले जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि आफूहरुसँग एउटै विकल्प विद्रोह रहेको पनि औंल्याएकी छिन्। सांसद झाँक्रिले आफूहरुको आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने जनाउँदै सचेत बन्न आग्रह गरेकी छिन्।
ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको...
Posted by Ramkumari Jhakri on Thursday, May 13, 2021