नेकपा एमालेले पार्टीका चार नेतालाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्टीको विधान विपरीत काम गरेको भन्दै माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेका थिए। त्यसलगत्तै माधव समूहले कार्याकता भेला बोलाएको थियो।
भेलाका लागि अगुवाई गरेको भन्दै ७ चैतमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो। नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो