कर्णाली प्रदेशमा मन्त्रीपरिषद विस्तार गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुन्। शाहीले बुधबा माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्री बनाएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुम पश्चिमका गोपाल शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सुर्खेतका विन्दमान विष्ट नियुक्त गरिएको छ।
यस्तै माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सिता नेपालीलाई जलस्रोत मन्त्री बनाइएको छ। थपिएका मन्त्रीको आजै सपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको निजी सचिवालयले जनाएको छ। मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाईसकेको छ।