सन् २०२२ का लागि भरिएको डिभि भिसाको नतिजा सार्वजिनक भएकाे छ।
नतिाजा हेर्नको लागि https://dvprogram.state.gov/ मा गएर निशुल्क हेर्न सकिनेछ। नतिजा हेर्न, आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। साथै दुतावासले दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने स्पष्ट पारेको छ।