आईपिएलको २० औं खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावदलाई पराजीत गरेको पराजित गरेको छ। सुपर ओभरमा पुगेको रोमाञ्चक खेलमा दिल्लीले जित निकालेको हो।
दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले निर्धारित २० ओभरमा १ सय ५९ रन मात्र बनाउन सकेपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो। सुपर ओभरमा हैदरवादका लागि वार्नर र विलियम्सनले व्याटिङ गरेका थिए। अक्षर पटेलको बलमा उनीहरुले ७ रनमात्र बनाउन सके।
९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको दिल्लीका लागि कप्तान पन्त र धवनले दिल्लीलाइ जित दिलाएका हुन। सुपरओभरमा हैदरावादका रसिद खानले बलिङ गरेका थिए।
यसअघि पहिले व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतीमा १ सय ५९ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा हैदराबादको लागि पारिको शुरुआत गर्न कप्तान डेविड वार्नर र जोनी बेयरस्टो मैदानमा उत्रिए। चौथो ओवरमा रन चोर्ने कोशिशमा कप्तान वार्नर ६ रन बनएर कागिसो रबाडाको शानदार थ्रोमा रन आउट भए। शानदार व्याटिङ गरिरहेका बेयरस्टो १८ बलमा ३८ रन बनाएर आवेश खानको बलमा आउट भए। विराट सिंह २द्ध रन बनाएर आवेशको बलमा स्टोइनिसबाट क्याचआउट भए।
केदार जाधव हैदराबादको तर्फबाट पहिलो पारी खेलने क्रममा मात्र ९ रन बनाउन सफल भए। अमित मिश्राको बलमा उनी स्टम्पआउट भए। एक किनारामा डटिरहेका केन विलियम्सनले ५१ बलमा ८ चौकाको मदतमा ६६ रन बनाए। यसपछि अक्षर पटेलको बलमा लगातार दुई बलमा अभिषेक शर्मा र राशिद खानको विकेट लिएपछि दिल्ली खेलमा फर्किएको थियो।
दिल्लीको तर्फबाट पृथ्वी शाले अर्धशतकिय पारी खेलेका थिए। उनले ३९ बलमा ५३ रन बनाए्र। त्यस्तै कप्तान रिषभ बन्तले २७ बलमा ३७, स्टिभन स्मिथले २५ बलमा ३४ र शिखर धवनले २६ बलमा २८ रन बनाए।
हैदरावादका सिद्दार्थ कौलले २ र रसिद खानले १ विकेट लिएका थिए।