त्रिदेशीय क्रिकेट सिरीजअन्तर्गत नेदरल्याण्डससँगको दोश्रो खेलमा नेपालले पहिले व्याटिङ विशाल योगफल तयार पारेको छ। टस जितेर पहिले व्याटिङ रोजेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेटको क्षतीमा २ सय ६ रनको योगफल तयार पारेको हो।
ओपनर कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीको शानदार अर्धशतक र कुशल मल्लको छोटो तर आक्रामक पारीका कारण नेपालको विशाल योगपल सम्भव भएको हो। कुशलले ७ बलमै आक्रामक ३ छक्का प्रहार गर्दै १८ रन बनाएका थिए। भने दिपेन्द्रले २८ बलमै आफ्नो अर्धशतक पुरा गरे। त्यसक्रममा उनले ५ छक्का र ३ चौका प्रहार गरे। सिलारको बलमा आउट हुनुअघि उले ३० बलमा ६० रन बनाए।
यसअघि नेपालका किर्तीमानी ओपनर कुशल भुर्तेलले लगातार तेश्रो खेलमा पनि अर्धशतक पुरा गरेका थिए। भिभियन किङ्गमाको बलमा बास डि लिडेको हातबाट क्याचआउट हुनुअघि भुर्तेलले ४६ बलमा १ छक्का र ८ चौकाको मदतमा ६२ रन बनाए।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १४ बल खेल्दै १ छक्का र २ चैकाको मदतमा २०, सोमपाल कामीले १३ बलमा २१ र बिनोद भण्डारीले ७ बलमा ७ रन बनाए। पहिलो दुई खेलमा शानदार प्रदशन गरेका आशिफ शेषको ब्याट भने आज चल्न सकेन। उनी शुन्य रनमै आउट भए।
बलिङतर्फ नेदरल्याण्ड्सका पिटर सिलाररले ४ ओभरमा ३७ रन खर्चिएर २, भिभिएन किङ्गमाले ४ ओभरमा ४४ रन खर्चिएर २, बास डी लिडेले ३ ओभरमा ३३ रन खर्चिएर १ र आर्यन दत्तले २ ओभरमा २२ रन खर्चिएर १ विकेट लिए।