काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको आन्तरिम विवादमा आफ्नो भूमिका बढाइरहेको समाचार आईरहेका बेला नेता रावलले यस्तो टिप्पणी गरेका हुन्।
रावलले ट्वीटमा भनेका छन्, ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ। यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।’
