एजेन्सी– साउदी अरबमा डाक्टरको टिमले अप्रेसन गरेर महिलो पेटबाट ब्रस निकालेका छ। स्थानिय सञ्चारमाध्यमको अनुसार दाँत सफा गर्ने ब्रस निलेकी महिलाको मक्कास्थित ए1 नूर हस्पिटलमा उपचार गरिएको हो।
पेटबाट ब्रस निकालेपछि उनले ब्रस कसरी पेटभित्र गयो भनेर बताएकी थिइन्। २० वर्षीय ती महिलाले दाँत सफा गर्ने क्रममा ब्रस निलेको बताएइन्। डाक्टरसँगको कुराकानीमा उनले ब्रस मुखबाट चिप्लिएर घाँटीमा गएको र आफूले बाहिरी निकाल्ने प्रयास गरेपनि गल्तीले पेटभित्र पुगेको जनाइन्।
त्यसपश्चात उनलाई अस्पताल लगिएको थियो। ग्यास्ट्रोकपीमार्फत २० मिनेटमा उनको पेटमा ब्रस फेला पारिएको थियो। ब्रस निकालेपछि महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको एक डाक्टरले जानकारी दिए।