काठमाडौं– कोरोना संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ।
गत कात्तिक १ गते संक्रमण पुष्टि भएपछि उनले तीन दिन वीर अस्पतालमा उपचार गराएका थिए। तर उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारको लागि ग्राण्डी अस्पताल लगिएको थियो।
ग्राण्डी अस्पतालका अनुसार उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ।