मोरङ– प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको ज्येष्ठ नागरिकग्रामको गुरुयोजनाअन्गर्तत चालु आर्थिक वर्षमा ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । शृङ्खला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरुयोजनाबारे आज गरिएको सरोकार भएकाको छलफलमा प्रदेशको सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा ग्रामको निर्माण गर्ने जानकारी दिइयो ।
कूल १० बिघा १४ कठ्ठा जग्गामा ७२ वटा घरहरु निर्माण गरी ग्राम बनाइनेछ । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले निर्माण कार्यको शिलान्यास चाँडै गर्ने गरी काम अघि बढाएको जानकारी दिए । उनले परियोजना सम्पन्न भएपछि हाल सञ्चालनमा रहेका आश्रमभन्दा स्तरीय बन्ने र ग्राममा बेसहराका लागि सम्मानजनक बस्न सकिने प्रबन्ध गरिने बताए ।