काठमाडौं– इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले इटहरीको एक पोलिक्लिनिकमा तालाबन्दी गरेको छ । ‘विराट पाथिभरा अस्पताल’ को बोर्ड राखेर सञ्चालित पोलिक्लिनिकमा अनुगमन टोलीले तालाबन्दी गरेको हो ।
उपभोक्ता हित संरक्षण समिति संयोजकसमेत रहेकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा गरिएको अनुगमनको क्रममा कोशी पाथीभरा पोलिक्लिनिकमा तालाबन्दी गरिएको हो । दर्ता नगरी गैरकानूनी तरिकाले अस्पतालको रुपमा सञ्चालन गरेको पाइएकाले तालाबन्दी गरिएको उपमेयर गौतमले जानकारी दिइन् । उक्त पोलिक्लिनिकबाट म्याद गुज्रिएका औषधिहरु पनि बरामद गरिएको गरिएको छ ।