काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गर्दै छिन् ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ । मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो ।
वि.सं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्त्वपूर्ण काम मानिएको छ ।