काठमाडौं - नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डटकमले आफ्नो कारोबार सुरु गरेको छ ।
अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका यसले आफ्नो उपस्थिति जनाएको कम्पनीले बताएको छ ।
बजारमा उपभोक्ताहरुले आफूले खोजेको ब्राण्ड न्युनतम मुल्यमा उपलब्ध गराउने योजनाका साथ बजारमा आएको कम्पनीका सिईओ राजकुमार विष्टले बताए ।
उपभोक्ताले अर्डर गरेपछि सर्वसुलभ भुक्तानी तथा छिटो भन्दा छिटो होम डेलीभरीको सुविधा रहेको कम्पनीले बताएको छ ।