काठमाडौं - फेसन डिजाइनर सुक्निता चौलागाईंलाई यो वर्षको बेष्ट फेसन डिजाइनर अफ द इयरको अवार्डबाट सम्मान गरिएको छ ।
गत बिहिबार राजधानीमा सम्पन्न भएको कार्यक्रममा सुक्नितालाई उक्त अवार्डबाट सम्पान गरिएको हो । लामो समयदेखि फेसन डिजाइनिङको क्षेत्रमा उनले पुर्याएको योगदानको कदर स्वरुप पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले उनलाई सम्मानित गरेको हो ।
उनले रनर अप मिसेस हिमालयन २०१४,फेसन सो एट् हाउस अफ फेसन २०१८, फेसन सो एट् हेरिटेज अफ फेसन सिड्नी लगायत थुप्रै सो हरुमा उत्कृष्ट फेसन डिजाइनिङ गरेकी उनले फिल्म तथा म्युजिक भिडियोमा समेत डिजाइनिङ गर्दै आएकी छिन् ।
यसबाहेक उनले राजधानीको कोटेश्वरमा भ्यालेन्टिनो द बुटीक नामको आफ्नै बुटीकमा उनले लेडिज तथा जेन्सका हरेक कपडाका डिजाइन गर्दै आएकी छिन् ।