काठमाडौं - नयाँ शक्ति पार्टी ,नेपालका केन्द्रिय संयोजक रवि किरण हमालले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
उनले सन्देश जारी गर्दै सुरक्षित भएर चाडपर्व मनाउन अपिल गरेका छन् । चाडपर्वहरुले एकता,मेलमिलाप र ममतालाई बलियो बनाउने बिश्वास लिएका छन् ।
कोभिड १९ महामारीका कारण २०७७ सालमा हामीलाई असहज परिस्थिति सिर्जना भएको छ । हामीले चाडपर्वहरु मनाउँदै गर्दा भौतिक दुरि कायम गरौं । सन्देशमा भनिएको छ ।