अर्घाखाँची– अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ जख्लेगैरामा पहिरोले घरबारविहीन दुई सुत्केरीलाई प्रतिनिधिसभा सदस्य पुष्पा भुसालले आर्थिक सहयोग गरेकी छन् ।
यही असोज ९ गते कोठिया मैदान क्षेत्रमा जमिन भासिएर पहिरो जाँदा प्रभावितमध्ये सुत्केरी विमला नेपाली र सुस्मिता नेपालीलाई भुसालले १०/१० हजार सहयोग गरेकी हुन् । नेपाली कांग्रेसका सांसद् भुसालले नगरपालिकाको विपद् व्यवस्थापन खातामा र ५० हजार पनि हस्तान्तरण गरेकी छन् ।