काठमाडौं– चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा. गोविन्द केसीले २८ औँ दिनमा आज अनसन तोडेका छन् । हिजोराति सरकारी वातोटोलीसँग ८ बुँदे सहमति भएपछि डा. केसीले आज बिहान आफ्नो अनसन तोडेका हुन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालका उपचारपछि कोरोना संक्रमण मुक्त भएका ४६ वर्षीय कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर अनसन तोकेका हुन् ।
आमरण अनसन तोडेका डा. केसीको अब आईसीयूमा उपचार हुने छ । गत भदौ २९ गते जुम्लाबाट अनसन थालेका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि गत असोज ५ गते उनलाई नेपालगञ्ज ल्याइएको थियो ।
त्यसको भोलिपल्ट असोज ६ गते काठमाडौं ल्याएपछि डा. केसी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनसनमा बसेका थिए । डा. केसी र सरकारी वार्ताटोलीबीच शनिबार साँझ ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएपछि डा. केसीले आज अनसन तोडेका हुन् ।