काठमाडौं– स्वास्थ्य शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । गएराति भएको सहमतिका आधारमा अहिले डा. केसीको अनसन तोड्ने तयारी भैरहेको छ ।
त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

