काठमाडौं– कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन संग्रह सार्वजनिक भएको । कार्टुनमार्फत कोरोना भाइरसका लक्षण, जोखिम वर्ग, सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई संवेदनशील हुन आग्रह गरिएको संग्रह काठमाडौँ महानगरपालिका–७ ले प्रकाशन गरेको हो ।
कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले उक्त कृतिको विमोचन गर्दै कोभिडले सबै पक्षलाई प्रभाव पारेको समयमा कार्टुनिष्टले पनि समयसापेक्ष विषयवस्तुलाई सिर्जनामार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए ।
मानन्धरले कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने सन्देशमूलक सोचका साथ समाजमा केही सूचना वा शिक्षा प्रदान गर्न कृति प्रकाशन गरेको बताए ।