भक्तपुर– असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आज पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ ।
किशोरीलाई बेहोस बनाएर रातभरि पटक–पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरेको प्रहरी उपरीक्षक तारादेवी थापाले बताइन् ।
यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा३ख २६१२ नम्बरको बसमा किशोरीलाई रातभरि पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले घटनास्थलबाट सिन्धुपाल्चोकका २२ वर्षीय निरकुमार खड्का र सोही ठाउँका सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो ।