काठमाडौं– डिमप्रकाश पौडेल (प्रकाश) नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रीपरिषदको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।
सुगरत्न कशांकार २०७६ साल जेठमा आफ्नो कार्यकाल सकेर गएपछि निगमको महाप्रवन्धक पद रिक्त थियो । त्यसपछि निगमको नेतृत्व कार्याकारी अध्यक्ष मदन खरेलले सम्हालेका थिए । हाल पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्ष थिए ।
गत असार १५ गते निगमको सञ्चालक समितिको बार्डमा सदस्य नियुक्त भएका पौडेल ४ वर्षका लागि निगमको महाप्रवन्धकमा नियुक्त भएका हुन् । हाल नेकपाको उद्योग व्यवसायी महासंघ सचिवालय सदस्य रहेका पौडेल तत्कालिन एमालेको नवलपरासी जिल्ला अध्यक्ष हुन् ।