काठमाडौं– अब कुनैपनि कलाकारले अनुमति विना प्रहरीको पोशाक प्रयोग गर्न नपाउने भएका छन् । प्रहरी पोशाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले अनुमति विना नेपाल प्रहरीको पोशाक प्रयोग नगर्न आग्रह गरेको छ ।
चलचित्र, टेलिचलचित्र, सर्ट मुभी, प्रयांक भिडियो, टिकटक लगायत विभिन्न क्षेत्रमा नेपाल प्रहरीको पोशाक दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले यस्तो आग्रह गरेको हो ।
तर, कुनैपनि कलाकारले प्रयोजन खुलाई प्रहरी प्रधान कायौलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार ईकाइबाट स्वीकृति लिएर प्रयोग गर्न भने पाइने जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ती निकाल्दै अनुमति विना नेपाल प्रहरीको पोशाक दूरुपयोग कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।