काठमाडौं– पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको ‘वन चरी’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलबाट आज गीत सार्वजनिक भएको छ । गीतमा एक नारीको जीवनयात्रालाई समेटिएको छ । छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माइती गाउँका ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको छ ।
गीतमा भूमिका सुब्बाको शब्द रचना र साजन राईको संगीत रहेको छ । यस गीतको म्युजिक भिडियोमा अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ । भिडियोलाई किरण चाम्लिङले निर्देशन गरेका हुन् । गीतलाई बिजु कर्माचार्यले एरेन्ज गरेका हुन् भने भर्जिन भोइसमा रेकर्ड गराइएको गीतलाई रोबर्ट लिम्बु सुब्बाले रेकर्ड गरेका हुन् । अनिल रानाले सम्पादन गरेको भिडियो भूपेन्द्र तुबहाम्फेले खिचेका हुन् ।
भिडियाे हेर्नुहाेस् ः
https://www.youtube.com/watch?v=7FuOUtfV7P0&t=16s