काठमाडौँ - नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा यथावत रहेकोले मौसम बाहिरिन समय लागेको मौसमविदले जनाएका छन् ।
आज बुधबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।
बुधबार राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । रासस