काठमाडौं– त्रिभुवन विश्विद्यालयअन्तर्गतको समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि अज्ञात समूहले आक्रमण गरेको छ।
मंगलबार विश्वविद्यालय परिसरमा मोटरसाइकलमा आए तीन युवाले चलाउनेलाई कुटपिट गरेका हुन् । चलाउनेको टाउकामा गम्भीर चोट लागेकाले ललितपुरस्थित मेटिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । महानगरी प्रहरी वृत्त कीर्तिपुरले आक्रमणबारे छानबिन गरिरहेको छ ।