काठमाडौं– पछिल्लो चौबिस घण्टामा नेपालमा १ हजार ५५१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ जना पुगेको छ ।
आज २ हजार ३४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । पछिल्लो चौबिस घण्टामा ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँग मृतकको संख्या ५६३ पुगेको छ ।
