काठमाडौं– प्रदेश ५ को स्थायी राजधानीको टुंगो लगाइएको छ । प्रदेशसभाको मंगलबारको बैठकबाट प्रदेश ५ को स्थायी राजाधानी दाङको देउखुरी हुने टुंगो लगाइएको हो ।
सभामा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो । प्रदेशसभाको कुल सदस्य ८७ जनामा आज ८२ जना उपस्थित थिए । देउखुरीको पक्षमा बहुमत सहस्यले मतदान गरेपछि सभामुख पूर्णबहादुरले प्रदेश ५ को स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरेका छन् ।