काठमाडौं– गायिका रजिना रिमाललाई कोरोना संक्रमण भएको छ । गायिका रिमालले फेसबुक स्टाटस मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएकी छिन् ।
रजिनाका श्रीमान विनोद श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनका १ वर्षीय छोरालाई भने संक्रमण नरहेको उनको जानकारी दिएकी छिन् ।
आफूहरुलाई कोरोना संक्रमण भएपछि रजिनाले आफ्ना नजिकका आफन्तलाई सचेत रहन आग्रह गरेकी छिन् । उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित आइसोलेशनमा बस्न समेत आग्रह गरेकी छिन् ।
