काठमाडौं - सोमबार देशभरका केही स्थानमा पानी पर्ने सम्भावन रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको कारण वर्षाको सम्भावना रहेको हो ।
त्यस्तै गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि आंशिक बदली हने महाशाखाले जनाएको छ ।