काठमाडौं– स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने २०० ले बढेर ९४ हजार ५०० मा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९३ हजार ८०० मा कारोबार भएकामा आज ९४ हजारमा कारोबार भएको छ ।
यस्तै चाँदीमा प्रतितोला पाँच ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार १७५ रहेको चाँदी आज भने एक हजार १८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ ।