काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । आज दिउसो ४ बजे बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको सूचना आएको उपाध्यक्ष वामदेव गौतमका स्वीकीय सचिव दिपक टमटाले जानकारी दिए ।
शनिबार दिउसो ४ बजे बस्ने तय भएको बैठक आइतबार सारिएको थियो । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ४ जना सल्लाहकार, स्वकीय सचिव सहित ६५ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि बैठक स्थगित भएको बताइएको छ ।
केही दिन अघि पार्टीमा छलफल नै नगरी तीन जना राजदूत नियुक्तिका लागि सिफारिस गरेपछि विवाद सुरु भएको छ ।