काठमाडौं - चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
असोज १६ गते कोरोना सङ्क्रमणसहित उनी भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएको थिए । उनमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ ।
यससँगै कोरोनाका कारण चितवनका मात्रै २४ जनाको मृत्यु भएको छ । रासस