काठमाडौं - आइतबार देशभरका केही स्थानमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।
बंगालको खाडीको उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेकाले राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली थोरै स्थानहरुमा हल्का देखि मध्यम हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।