काठमाडौं– गत २४ घण्टामा उपत्यकामा १ हजार १७७ सहित गरी देशैभर २ हजार १२० मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ मुक्त भई घर फर्किनेको सङ्ख्या २ हजार ४४ रहेको बताए ।
हालसम्म देशभरि जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिहरुको सङ्ख्या ९ हजार ७७३ छ ।