काठमाडौं– मन्त्रिपरिषद्काे बैठकका १० निर्णय सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक गरेको हो ।
बैठकमा ६–७ अक्टोबर २०२० मा भर्चुअल रुपमा हुने नेपाल–बंगलादेश व्यापार वार्ताका लागि १२ सदस्यीय नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको छ । वार्ता टोलीको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्याललाई तोकिएको छ ।
त्यस्तै, लोक सेवा आयोगका स्थगित परीक्षा सञ्चालन गर्न आयोगलाई अनुरोध गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अब विज्ञापन बाँकी रहेका र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्तिसम्बन्धी व्यवस्था फुकुवा गर्न आयोगलाई अनुरोध गरिनेछ ।
पढ्नुहोस् मन्त्रिपरिषद्का निर्णय
