काठमाडौं– अछामको रामारोशन गाउँपालिका–२ का प्रकाश टमट्टामाथि जातीय विभेद र कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जनालाई धरौटीमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय अछामले आज प्रतिव्यक्ति ६० हजार धरौटीमा उनीहरूलाई छाडेको हो ।
रामारोशन गाउँपालिका–२ वडाध्यक्ष चक्र रावलले विश्वकर्मालाई धम्की दिएका छन् । रावलले विश्वकर्मासँगको फोनवार्तामा भनेका छन्, ‘हाम्रो विरोध गर्नेलाई बाँकी राख्दैनौं । तपाईंहरूले हाम्रो बेइज्जत गराउनुभयो, यसको हिसाब किताब हुन्छ ।’
त्यस्तै, यस घटनाका बारेमा समाचार लेख्ने नेपाली पब्लिकका एलबी विश्वकर्मासहित छ जनाविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।
अछामको रामारोशन गाउँपालिका–२, बिरसैनका १८ वर्षीय प्रकाश टमट्टालाई अन्तरजातीय प्रेम सम्बन्धकै कारण मरणासन्न हुने गरी कुटपिट गरिएको थियो । प्रेमिका केशरी रावलले भने आत्महत्या गरेकी थिइन् । रावलको हत्या भएको हो कि आत्महत्या भन्नेमा अनुसन्धान भइरहेको छ ।
याे पनि पढ्नुहाेस् ः
दलितसँग प्रेम गरेकै कारण केशरीले गरिन् आत्महत्या, प्रेमी टमट्टालाई निर्घात कुटियो
अछाम घटना गुपचुप पार्ने स्थानीय नेताहरुको प्रयास
‘काईं आइकन छोरालाई हान्दिन्या हुनकी सोच्दो छौँ’
रामारोशन घटनामा दुवै पक्षले हाले मुद्दा