काठमाडौं - शुक्रबार देशभर मौसममा सामान्यदेखि आंशिक बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल उत्तर पश्चिम वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छन् ।
राति पनि देशका केखी स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।