जेरुसेलम– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो मुलुक कोभिड–१९ बन्दाबन्दीबाट मुक्त हुन अझै छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका छन् । ‘यो लकडाउनबाट बिस्तारै र क्रमिक रूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक वर्षसम्म रहन सक्छ,’ उनले बुधबार मन्त्रिपरिषद्को बैठकमा भने ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले बासिन्दाहरूलाई उनीहरूको घरबाट २०० मिटरभन्दा बाहिर जानबाट रोक्नुपर्ने र अतिआवश्यक बाहेकका गतिविधिलाई नियन्त्रण गर्न थप प्रतिबन्धको लागि आग्रह गरेका छन् । हालका प्रतिबन्धले उक्त सीमालाई १ हजार मिटरमा राखेको छ ।