ओट्टावा– विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरि एक महिना लम्ब्याएको छ । कोरोना भाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाउँदै आएको क्यानडाले अक्टोबरभरि पनि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तो प्रतिवन्ध अमेरिकी देशबाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उनले स्पष्ट पारे । उनका अनुसार यस्तो प्रतिबन्ध अस्थायी हो । कोरोना भाइरसको सङ्क्रमणको खतरा कम भएपछि खुला गरिने उनको भनाइ छ ।