काठमाडौं– सरकारले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
सरकारले शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत भएको छ । वैरागी यसअघि परराष्ट्र मन्त्रालयका सचिव थिए ।
पूर्वमुख्य सचिव रेग्मीलाई सरकारले बेलायतको राजदूतमा सिफारिस गरेको छ । रेग्मीको कार्यकाल कार्तिक ३ गते सकिनेछ । तर उनले राजीनामा दिएका छन् ।