काठमाडौं - बिहीबार देशका केही स्थानमा सामान्य बदली भई केही स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले मौसममा आंशिक र सामान्य बदलि रहेको बताइएको छ । आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुने छ ।