काठमाडौं - बुधबार देशभरको मौसममा सामान्यदेखि आंशिक बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेकोे छ । आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ मा सामान्य बदली रही प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
त्यस्तै बुधबार राति पनि प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।