काठमाडौं– सिन्धुलीको दुधौली नपा–७, डम्बरखाडीमा सरकारी जग्गाकाे सुरक्षा गर्न वृक्षरोपण गरिएको छ । दुधौली नपाको वातावरण शाखाको सहयोगमा सरकारी जग्गाको सुरक्षा गर्न वृक्षरोपण गरिएको हो ।

वृक्षरोपणका लागि न्यु क्रिएटिभ सोसियल क्लबले समन्वय गरेको हो । क्लबका अध्यक्ष शैलेन्द्र घिमिरेले अशोकका ७५ र गुल्मोरका ३५ वटा बिरुवा नदीले कटान गरेर उकासेको ठाउँमा लगाएर सरकारी जग्गाको सुरक्षा गरेको बताए ।
घिमिरेले भने, ‘सरकारी जग्गाको सुरक्षा तथा फुटबल चौर सजावटका लागि वृक्षरोपण गरिएको हो । सरकारी जग्गा पटक पटक अतिक्रमण भएकाले यसो गरिएको हो ।’ शाखाले बिरुवा र बाँसको टोकरी उपलब्ध गराएको हो ।