काठमाडौं– प्राकृतिक विपद्का घटनामा परी चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पहिरो, बाढी, चट्याङ र जंगली जनावरको आक्रमणका कारण १ वैशाखदेखि १३ असोजसम्म ४ सय १ जनाको मृत्यु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोमा परी छ महिनाको अवधि (१ वैशाखदेखि १३ असोजसम्म) मा २ सय ९२ जनाको मृत्यु भएको छ । बाढीमा परी ४३ र चट्याङका कारण ६५ जनाको मृत्यु भएको छ ।
त्यस्तै, प्राकृतिक विपद्कै घटनामा परी ४ सय ३९ जना घाइते भएका छन् । पहिरोमा २ सय २३, बाढीमा ११ र चट्याङ लागेर २ सय ५ जना घाइते भएका हुन् । प्राधिकरणका अनुसार विपद्का घटनामा परी १ सय ४ जना बेपत्ता भएका छन् ।
