काठमाडौं - चौँतीस वर्षअघि अपराध गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको साविक ठूलोपाखर गाविस–३ हाल लिशङ्खुपाखर गाउँपालिका–७ बस्ने फुर्पा तामाङलाई पक्राउ गरेको हो ।
विसं २०४३ असोज २० गते दशैँको सामान किन्न डाँडापाखर बजार आएका २४ वर्षीय जोगलाल तामाङको फुर्पाले बाटो ढुकी लाठी तथा खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
हत्या गरी फरार रहेका उनलाई जिल्ला अदालत चौताराले दोषी ठहर गरी सजाय तोकेको थियो । हत्याको ३४ वर्षपछि जिल्ला प्रहरी कार्यालय चौतारा र प्रहरी चौकी लामोसाँघुबाट खटएिको टोलीले आइतबार दिउँसो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । रासस