काठमाडौं - बारा जिल्लामा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
जसमा श्रीमान श्रीमतीसहित छोरा रहेका छन् । मृत्यु हुनेमा २५ वर्षीय तिर्थ मान स्याङ्तान तथा उनकी श्रीमती २३ वर्षीया ज्योती स्याङ्तान रहेका छन् । उनीहरुको छोराको भने सनाखत हुन सकेको छैन् ।
दुर्घटनापछि बसका चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निजगढबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटना दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका १ मा भएको हो ।