काठमाडौं - फोटो नेपालद्धारा प्रकाशित पुस्तक ‘जनप्रतिनिधि बागमती प्रदेश’ सार्वजनिक भएको छ ।
आईतबार बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलले पुस्तकको बिमोचन गरेका छन् । एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६ जना जनप्रतिनिधिको विवरण समावेश रहेको फोटो नेपालले जनाएको छ ।
पुस्तक बिमोचन गर्दै मुख्यमन्त्री पौडेलले सबै क्षेत्रलाई आवश्यक सूचना एकै पुस्तकवाट प्राप्त हुने बताए । निर्वाचित प्रतिनिधिको ऐतिहासिक दस्तावेज सबैकालागि महत्वपूर्ण सूचनाको स्रोत हुने विश्वास उनले ब्यक्त गरे ।
पौडेलले आम नागरिकलाई आवश्यक सूचना प्रदान गर्न सक्ने यो पुस्तक सबै स्थानिय तहको हरेक टेबलमा आवश्यक रहेको बताए ।
पुस्तकमा राष्टिय सभा, प्रतिनिधि सभा र प्रदेस सभाका सदस्यहरु, जिल्ला समन्वय समिति, स्थानिय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष र वडा सदस्य समेतको आफ्नो पृष्ठभूमि र योजना सहितको ब्यक्तिगत विवरण समावेश गरिएको छ ।