सुनसरी– सुनसरी हरिनगर–६ घुस्की बस्ने अकमुल अंसारी लागुऔषधसहित पक्राउ परेका छन । गत बिहीबार इनरुवा–१ गोलपार्क एरियामा विशेष सुराकका आधारमा साइकलमा आइरहेका अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणपश्चात चेकजाँच गर्दा डायलेक्स डिसी १०० एमएल लेखिएको अवैध लागुऔषध ४९ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीको भनाइ छ ।