काठमाडौं– नेपाल सरकारले तेजाव आक्रमणसम्बन्धी कसुरमा कडा सजायको व्यवस्था गरेर अध्यादेश ल्याउने तयारी थालेको छ । सरकारले तेजाव आक्रमण गर्नेलाई २० वर्षको जेल सजाय हुने गरी अध्यादेश तयार पारेको छ । अध्यादेश मन्त्रिपरिषद्ले पारित गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रक्रियामा छ ।
फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अङ्गभङ्ग तुल्याउन र शारीरिक क्षति पु¥याएमा २० वर्षसम्म कैद सजाय र १० लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ ।