काठमाडौं - अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले यस्ता भएको हो । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सरिरहेकाले मुलुकका अधिकांश स्थानहरूमा वर्षा भइरहेको छ ।
आज पनि देशभरका अधिकांश ठाउँमा मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिगत केही दिनदेखि पानी परिरहेको र अझै केही दिन पानी पर्ने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।